काठमाडौँ — ग्लोबल आईएमई बैंकका ग्राहकले दराजमा १८ प्रतिशत छुट पाउने भएका छन् । बैंकको १८औं वार्षिकोत्सवका अवसरमा बैंकका कार्डवाहक ग्राहके दराजबाट सामान किन्दा उक्त छुट पाउने जनाइएको छ ।
पुस १८ देखि बैंकले स्थापनाको १८औं वर्ष पूरा गर्दै छ । उक्त अवसरमा ग्राहकले पुस २४ सम्म छुट पाउनेछन् । उक्त योजनाअन्तर्गत ग्राहकले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा उक्त छुट पाउनेछन् ।
छुटसहित बैंकले १८ जना ग्राहकलाई उपहारस्वरूप एयरबडसमेत प्रदान गर्ने जनाएको छ ।
