काठमाडौँ — सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजनाअन्तर्गत बम्पर उपहार पाउने विजेताको नाम घोषणा गरेको छ । चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले लक्की ड्र मार्फत विजेताको नाम घोषणा गरेका हुन् ।
कोरियामा रहेका निराजन ढकालले सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत ४१ हजार ९ सय ९ रुपैयाँ पठाएका थिए । विजेता बनेपछि उनले आफूले पठाएको रकमको १८ गुणा बढी ७ लाख ५४ हजार ३ सय ६२ रुपैयाँ पाए ।
यही योजनाअर्न्तगत १६ सय २० जनाले दैनिक ५ सय रुपैयाँ वालेट टप अप र २४ जनाले साप्ताहिक उपहारअन्तर्गत सामसुङको स्मार्ट टिभी र ६ जनाले मासिक उपहारअन्तर्गगत सामसुङको स्मार्ट फोन जितिसकेका छन् ।
