काठमाडौँ — क्लाउड किचन खानपिनले पाँच लाखभन्दा बढी खानाको डेलिभरी गरेको जनाएको छ । सन् २०१८ मा सुरु भएको खानपिनले क्लाउड किचनका रूपमा काठमाडौं र पोखराका तीन आधुनिक किचनबाट सो संख्यामा डेलिभरी गर्दै आएको जनाएको हो ।
रात्रिकालीन कामदार र विद्यार्थीको आवश्यकता पूरा गर्ने उद्देश्यस्वरूप खानपिनको सुरुवात गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीले ‘केएसकेएस’ प्रणालीमार्फत खानाको अर्डर व्यवस्थापन, डेलिभरी ट्रयाकिङ, सुझाव संकलनलगायत नियन्त्रण गर्ने गरेको जानकारी दिएको छ ।
खानपिनले स्थानीय किसानसँग साझेदारी गरेर खरिद गर्ने, महिलालाई रोजगारी तथा तालिम प्रदान गरिरहेको छ । साथै खाना प्याकिङमा समेत पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग नीति लिएको छ ।
खानपिनले खानाको डेलिभरी ३० मिनेटभित्र गरिसक्ने दाबीसमेत गरेको छ ।
