काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जना रानामरलाई ड्रिम अन एजुकेसन कन्सलटेन्सीले सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । महिला फुटबलमा उनी लोकप्रिय खेलाडीमा पर्छिन् ।
घरेलु फुटबलमा उनी आर्मीबाट खेल्छिन् । ड्रिम अनका प्रबन्ध निर्देशक भीमबहादुर थापा र अञ्जनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षका हुनेछ । त्यस अवसरमा अञ्जनाले यो अनुबन्धले उनलाई भविष्यमा अझ राम्रा खेल्न प्रेरित गर्ने बताएकी थिइन् ।
एन्फा वुमेन्स लिगको दोस्रो चरण यसै साता सुरु हुँदैछ र त्यसमै केन्द्रित हुँदै अञ्जनाले भनिन्, ‘यस्तो सम्झौताले खेलाडीलाई नेपालमै खेल्न र बस्न सहज बनाइन दिन्छ ।’
