काठमाडौँ — यामाहा नेपालले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘ड्रिम इट, अन इट’ योजना सार्वजनिक गरेको छ । योजनाअनुसार यामाहाका मोटरसाइकल तथा स्कुटर अब ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सक्नेछन् ।
यो योजना भने सीमित अवधिका लागि लागू भएको कम्पनीले जानकारी दिएको छ । उक्त ब्याजदरमा यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्न भने ग्राहकले सुरुमै ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । यसका साथै यामाहाले ‘ग्राहकका लागि टेस्ट राइड एन्ड विन’ अभियानसमेत ल्याएको छ ।
यस अभियानअन्तर्गत ग्राहकले यामाहा टेस्ट राइडमा सहभागी भए निश्चित उपहार पाउनेछन् । यसमा लक्की ड्रमार्फत आकर्षक उपहार पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
