एमएडब्लूलाई ‘सांग्रिला न्यु इनर्जी नीति’ अवार्ड 

पुस १५, २०८१

कान्तिपुर संवाददाता

'Sangrilla New Energy Policy' Award to MAW

काठमाडौँ — नेपालका लागि चांगान तथा दीपल ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प चांगानको ‘न्यु इनर्जी नीति’ अवार्डबाट सम्मानित भएको जनाएको छ ।

 विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्‍याएको जनाउँदै चांगानले एमएडब्लूलाई सो अवार्डले सम्मानित गरेको हो ।

एमएडब्लूका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको केन्द्रीय कार्यालय चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फरेन्स’ मा उक्त सम्मान प्रदान गरियो ।

उक्त अवसरमा अध्यक्ष अग्रवालले कम्पनी नेपालमा विद्युतीय सवारी साधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहेको जनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully