एनआईसी एसियाले बनाएको पुस्तकालय भवन उद्घाटन

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Inauguration of library building constructed by NIC Asia

काठमाडौँ — एनआईसी एसिया बैंकको सहयोगमा निर्मित सामुदायिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन गरिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पुस्तकालय निर्माणमा सहयोग गर्दै आएको जनाएको छ ।

सोही क्रममा बैंकले लुम्बिनीको रूपन्देहीस्थित सियारी गाउँपालिका–४ को पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय भवनको एक समारोबीच गत शुक्रबार उद्घाटन गर्‍यो । बैंकले यी पुस्तकालय भवन निर्माणका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यी पुस्तकालय भवन निर्माणपछि उक्त विद्यालयमा अध्ययनरत ११ हजार जनाभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । 

कान्तिपुर संवाददाता

Link copied successfully