हिमालयनको शाखा स्थानान्तरण गरी कोटेश्वरमा 

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Branch of Himalayan transferred to Koteshwar

काठमाडौँ — हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि काठमाडौंको नयाँ बानेश्वरमा रहेको शाखालाई स्थानान्तरण गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी कोटेश्वरबाट आइतबारदेखि सञ्चालनमा ल्याएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले शाखाको सुरुवात गरे ।

हाल देशभर बैंकका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २८२ एटीएम रहेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully