सामसङको इनोभेसन क्याम्पस 

पुस १३, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत नेपाली युवा विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई सशक्तीकरण गर्न उक्त प्रमाणपत्र वितरण गरेको जनाएको छ ।

ललितपुरस्थित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहबीच सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो ।

सामसङले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीलाई पनि स्वागत गरेको छ । सन् २०२२ मा सुरु भएको एसआईसीले युवालाई आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखेको सामसङले जनाएको छ । 

कान्तिपुर

Link copied successfully