नेपाली उद्यम र उत्पादनको प्रदर्शनी

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Exhibition of Nepalese Enterprises and Products

काठमाडौँ — नेपाली उद्यमको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी हुने भएको छ । शनिबारदेखि ‘देशभरका नेपाली उद्यम र उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला–२०८१’ आयोजना हुने भएको हो ।

ललितपुरको सातदोबाटो–चापागाउँ दोबाटोमा रहेको उद्यमी घरमा प्रदर्शनी हुँदै छ । यही पुस २२ सम्म प्रदर्शन सञ्चालन हुने आयोजक उद्यमी घरले जनाएको छ ।

प्रदर्शनीमा स्वदेशका घरेलु उत्पादन, स्थानीय कृषि तथा खाद्यान्न, हस्तकलाका सामग्री, वन पैदावरका उद्यम र विदेशी उद्यमका उत्पादन रहनेछन् ।

गाँजा, सिस्नो, ढाका, सुती, खादी, खद्दरका तयारी कपडा, जुत्ताचप्पल, ब्याग, गलैंचा, राडीपाखीलगायत सामग्री पनि प्रदर्शनीमा रहने आयोजकले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully