काठमाडौँ — एभरेस्ट बैंकले आफ्ना दुई शाखा कार्यालय खोलेको छ । बैंकले फिदिमको फिदिम नगरपालिका–१ र ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा शाखा सुरु गरेको हो ।
बैंकले कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई आधुनिक र विश्वासिलो बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले यी शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालमार्फत आफ्नो सेवाविस्तार गर्न ग्राहकलाई सहज हुने विश्वास रहेको जनाइएको छ ।
