विद्यार्थीलाई सिटिजन लाइफको सहयोग 

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Citizen Life support to students

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्सले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालय र मंगल जन विजय माध्यमिक विद्यालयका २४३ जना विद्यार्थीलाई जाडोमा लगाउने ट्र्याक सुट वितरण गरेको हो ।

कम्पनीले मंगल जनका चार सय र शान्ति बुद्धका ४७ जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको हो ।

हालै आयोजित एक समारोहबीच कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल र प्रमुख व्यवसाय अधिकृत सुनील पोखरेलले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully