एमएडडब्लू राइड्सको ‘ब्लु स्ट्रिक्स च्याप्टर लिडर’ 

पुस १२, २०८१

कान्तिपुर संवाददाता

MDW Rides' Blue Streaks Chapter Leader

काठमाडौँ — नेपालमा यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस्ले ‘ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्ट’ कार्यक्रम गरेको छ ।

देशभरका च्याप्टर लिडरलाई स्वागत गर्न कम्पनीले मंगलबार उक्त कार्यक्रम गरेको हो । सुर्खेत, इटहरी, काठमाडौं, भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधि ब्लु स्ट्रिक्स पहलअन्तर्गत सहकार्यमा जुटेका थिए ।

साथै ब्लु राइड्स च्याप्टर लिडरबीचको समझदारीपत्रमा कम्पनी र प्रतिनिधि पक्षले हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully