विराटनगर महानगर र सिटिजन्स बैंकबीच सौन्दर्यीकरण सम्झौता 

पुस १२, २०८१

कान्तिपुर संवाददाता

Beautification agreement between Biratnagar Metropolitan and Citizens Bank

काठमाडौँ — विराट महानगरपालिका र सिटिजन्स इन्टरनेसनल बैंकबीच सडक सौन्दर्यीकरण परियोजनासम्बन्धी सम्झौता भएको छ । बैंक र महानगरबीच बिहीबार भएको सम्झौताअनुसार बैंकले परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ । बैंकले महानगर क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि सघाएको हो ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानअन्तर्गत रानी–बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियालीसहित सडक सौन्दर्यकरण परियोजनाका लागिसहयोग रकम प्रदान गरिएको बैंकको भनाइ छ । 

कान्तिपुर

Link copied successfully