काठमाडौँ — नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्सियलले बुधबारबाट भक्तपुर, गट्ठाघरमा पहिलो सोकोन सोरुम सञ्चालनमा ल्याएको छ ।
एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुपका कमर्सियल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन र एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ताले संयुक्त रूपमा सोरुमको उद्घाटन गरे ।
ग्राहकको आराम र सुविधालाई ध्यानमा राख्दै सोरुमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । सोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न प्रशिक्षणयुक्त कर्मचारी रहेको कम्पनीको भनाइ छ ।
