काठमाडौँ — काठमाडौंको द्वारिकाज होटललाई ट्राभल लिजर इन्डियाले ‘सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय लक्जरी बुटिक होटल २०२४’ पुरस्कार प्रदान गरेको छ ।
ट्राभल लिजर इन्डियाले गर्ने पुरस्कार पर्यटन तथा यात्रा क्षेत्रमा चर्चित मानिन्छ । ‘ट्राभल लिजरबाट संसारकै सर्वश्रेष्ठ लक्जरी बुटिक होटलको पुरस्कार प्राप्त गर्न पाउँदा हामी सम्मानित महसुस गरिरहेका छौं,’ द्वारिकाजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेन विजय श्रेष्ठले भने, ‘यो पुरस्कारले हामीलाई नेपालका परम्परामा आधारित र उत्कृष्टतामा आधारित अर्थपूर्ण अतिथि अनुभव सिर्जना गर्न प्रेरित गर्दछन् ।’
द्वारिकाज होटलको इतिहास यसका दिवंगत संस्थापक द्वारिकादास श्रेष्ठको जीवनसँग जोडिएको छ । १९५२ मा सुरु भएको यो काठमाडौं उपत्यकाको प्राचीन वास्तुकला झल्काउने धरोहर हो ।
