काठमाडौँ — ई–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा ‘१.१ न्यु इयर मेगा सेल’ को आयोजना गर्ने जनाएको छ ।
सो सेल पुस १० देखि २१ गतेसम्म सञ्चालन हुनेछ । साथै दराजले ग्राहकलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहित २ करोड रुपैयाँ बराबरका भौचरहरूसमेत उपलब्ध गराउने जानकारी दिएको छ ।
दराजको १.१ न्यु इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकका लागि खेलकुद, आउटडोर, फर्निचर, होम डेकोर, लुगा, जुत्ता, अडियो, मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्रीलगायत सामग्रीमा चार हजार रुपैयाँसम्म छुट उपलब्ध गराएको छ ।
यसका साथै ग्राहकले नयाँ उत्पादन, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटको समेत लाभ लिन सक्ने बताइएको छ । सो सेलमा ग्राहकले विभिन्न बैंकमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने कम्पनीको भनाइ छ ।
