काठमाडौँ — एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो ।
जसअनुरूप फाउन्डेसनले २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ । यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने फाउन्डेसनले जानकारी दिएको छ ।
गत पुस ६ गते सम्पन्न भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका हानिएका थिए । यसबापत फाउन्डेसनले अब घोषणा गरेबमोजिम शैक्षिक सामग्री वितरण गर्ने भएको हो । फाउन्डेसनले विद्यार्थीलाई स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान वितरण गर्नेछ ।
