ग्लोबल आईएमईद्वारा 'ग्लोबल हाट– बजार’ सञ्चालनमा

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Global IME launches 'Global Hot-Market'

काठमाडौँ — ग्लोबल आईएमई बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सो बजार सञ्चालनमा ल्याएको हो ।

उक्त बजारको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सोमबार आयोजित एक समारोहबीच गरे । ‘उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन’ भन्ने नाराका साथ सो बजार सुरु गरिएको हो । बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौं, कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन हुने बैंकले जानकारी दिएको छ । रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाटबजारको प्रमुख उद्देश्य रहेको जानकारी दिए । 

कान्तिपुर

Link copied successfully