काठमाडौँ — क्रिमसन टेक ‘इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२४’ को विजेता भएको छ । सो अवार्डअन्तर्गत इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो ।
आईसीटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । सो अवार्ड वितरण समारोहमा इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले आईसीटी अवार्डसँग साझेदारी गर्न पाउँदा खुसी भएको बताइन् ।
आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान गर्न, प्रदर्शन गर्न, उद्योगमा महत्त्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्न सहयोगी भूमिका वहन गर्ने इनड्राइभले जनाएको छ ।
