पोखरामा बीवाईडी एम ६ सार्वजनिक

पुस १०, २०८१

कान्तिपुर संवाददाता

BYD M6 public in Pokhara

पोखरा — बहुप्रतीक्षित बीवाईडी एम सिक्स (एम ६) मंगलबार नेपालमा सार्वजनिक गरिएको छ । पोखरामा सुरु भएको बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवको अवसरमा बीवाईडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ७ सिटर एम ६ को ग्रान्ड लन्चिङ गरेको हो ।

नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभी नेपाली बजारमा लोकप्रिय बनेको छ । लन्चिङकै दिन महोत्सव स्थलबाटै एक सयवटा एम ६ ग्राहकलाई डेलिभरी गरिएको छ । विशेषगरी पर्यटन व्यवसायीको रोजाइमा परेको यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त देखिएको वितरक कम्पनीले जनाएको छ ।

पर्यटकीय नगरी पोखराबाट बीवाईडी एम ६ सार्वजनिक गर्न पाउँदा खुसी लागेको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले एम ६ को डिजाइन गरिएको बताए ।

‘यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५ सय ८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्षमताको स्टोरेजले एम ६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully