नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबीच सम्झौता

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Agreement between Nepal Bank and Kathmandu Dental Hospital

काठमाडौँ — बैंक नेपाल र माछापोखरीस्थित काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छुट प्रदान गर्नेसम्बन्धी सोमबार सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई डेन्टल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बैंकका कर्मचारीलाई ३० प्रतिशत र ग्राहकलाई २५ प्रतिशत छुट हुनेछ ।

उक्त सम्झौतापत्रमा बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र हस्पिटलका अध्यक्ष दयासागर साहले हस्ताक्षर गरे । यस सम्झौताले बैंकका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले हस्पिटलमा पाउने छुटबाट लाभान्वित हुने बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully