होन्डाको एनएक्स २०० को टेस्ट राइड

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Test ride of Honda's NX200

काठमाडौँ — होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले ‘होन्डा एनएक्स २००’ को मिडिया टेस्ट राइड गरेको छ । होन्डाले गत बुधबार उक्त टेस्ट राइड सम्पन्न गरेको हो ।

‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नाराका साथ कम्पनीले मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको कम्पनीले जनाएको छ ।

होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट टेस्ट राइड सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तीवनको जंगल पार गर्दै हात्तीवन हिमालयन हाइट रिसोर्टमा पुगेर समापन गरिएको थियो । टेस्ट राइडमा होन्डाले साहसिक यात्राप्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरूलाई एकै ठाउँमा भेला हुने मौका उपलब्ध गराएको जनाइएको छ ।

होन्डा एनएक्स २०० मा बाइकले अफरोड यात्राका लागि नेपाली युवामाझ लोकप्रियता कमाएको दाबी कम्पनीको छ । सोही अवसरमा कम्पनीले उक्त टेस्ट राइड आयोजना गरिएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully