सिद्धार्थ बैंकको  ‘प्लाटिनम क्रेडिट कार्ड’ 

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Siddharth Bank's 'Platinum Credit Card'

काठमाडौँ — सिद्धार्थ बैंकले ‘प्लाटिनम क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को खेल समाप्तिपछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले कार्ड सार्वजनिक गरे । कार्ड प्रयोग गर्ने ग्राहकले वार्षिक दुई पटकसम्म एयरपोर्ट लाउन्जमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् । '

साथै उक्त कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टमा ४० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले बताएको । उक्त कार्डका लागि सुरुवाती ३ महिनाभित्र आवेदन दिने ग्राहकलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड उपलब्ध हुनेछ । सो कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully