काठमाडौँ — एनसेलले आफ्ना ग्राहकको सुविधाका लागि अनलिमिटेड सापटी सेवा ल्याएको जनाएको छ । यो सेवासँगै सुरु भएसँगै ग्राहकले अब ब्यालेन्स नभएको बेला एक दिनका लागि अनलिमिटेड सापटी लिन सक्नेछन् ।
यसका लागि एनसेल प्रिपेड ग्राहकले ५ रुपैयाँभन्दा कम रकम भएको समयमा २४ घण्टाका लागि सो सेवा निरन्तर गर्न सकिने कम्पनीले जनाएको छ । यसको शुल्क भने ५० रुपैयाँ रहनेछ । सापटी लिएको सेवा भने ग्राहकले रिचार्ज गर्दा काटिने कम्पनीको भनाइ छ ।
