एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा 

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Ncell has introduced unlimited data usage facility

काठमाडौँ — एनसेलका ग्राहकले‍ अनलिमिटेड डेटा सापटी लिन सक्ने कम्पनीले जनाएको छ । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो ।

यो सापटी सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरूले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्ने एनसेलले जनाएको छ । कम्पनीले यो सुविधा पुस १ गतेबाट दिन थालेको हो । यस डेटाको शुल्क करसहित ५० रुपैयाँ रहेको छ । 

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल गर्नुपर्नेछ । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ । ब्यालेन्स रिचार्ज गर्दा कुल ५२.४८ रुपैयाँ काटिन्छ ।

यसबाहेक एनसेलले  ४० रुपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी जस्ता सुविधाहरू प्रदान गर्दै आएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully