सात जिल्लाका मेकानिक्सलाई सीएफ मोटोको तालिम 

पुस ५, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सीएफ मोटो नेपालले सात जिल्लाका मेकानिक्सलाई काठमाडौंमा तालिम दिएको छ । चीनस्थित सीएफ मोटो हेडक्वार्टरको ट्रेनिङ विभागका टिमले नेपालमा तालिम प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

 मंसिर २९ देखि पुस २ सम्म सञ्चालित तालिममा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, हेटौंडा, बुटवल र पोखराका टेक्निसियन सहभागी रहेको कम्पनीले बताएको छ । कम्पनीको सीएफ मोटो नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले तालिम दिएको थियो ।

नेपालमा सीएफ मोटोको पहिलेदेखि उत्पादन गर्दै आएको र ग्राहकबाट कम्पनीको स्पेयर पार्ट्स उपलब्ध नभएको गुनासो आएपछि यसको समाधान दिन उक्त तालिम आयोजना गरिएको कम्पनीका महाप्रबन्धक उज्ज्वल जोशीले जनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully