काठमाडौँ — इन्फर्मेटिक्स कलेज पोखराले दीक्षान्त समारोह २०२४ आयोजना गरेको छ । समारोहमा कलेजबाट स्नातक तहका १३० जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
स्नातक तहका बिजनेस एडमिनिस्ट्रेसन विषयमा १३ र कम्प्युटिङ विषयमा ११७ जना विद्यार्थी दीक्षित भएका हुन् । कलेजले वार्षिक दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीलाई ‘इनोभेट नेपाल ग्रुप पोस्टग्र्याजुएट छात्रवृत्ति’ समेत दिएको छ ।
यस वर्ष कलेजले उत्कृष्ट विद्यार्थी आयुषकाजी श्रेष्ठलाई प्रदान गरेको छ । विद्यार्थी श्रेष्ठले इस्लिङ्टन कलेजमा इन्फर्मेसन टेक्नोलोजी र एप्लाइड सेक्युरिटी विषयमा स्नातकोत्तर गर्ने कलेजले बताएको छ ।
