काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था ल्याएको छ ।
बैंकले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको अनुमतिपछि बैंकले उक्त सुविधा ल्याएको हो ।
यो सुविधासँगै बैंकको मोबाइल बैंकिङमार्फत ग्राहकले सिधै आईपीओ, एफपीओ तथा राइट सेयरका लागि आवेदन दिन र सीआरएन नम्बरका लागि आवेदन दिन सक्नेछन् ।
ग्राहकले कारोबार सम्पन्न भइसकेको जानकारी तत्काल पाउनेछन् ।
