एनआईसी एसिया बैंकले बनाइदियो पुस्तकालय भवन 

पुस ४, २०८१

कान्तिपुर संवाददाता

NIC Asia Bank built library building

काठमाडौँ — एनआईसी एसिया बैंकद्वारा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बाला सुन्दरी माध्यमिक विद्यालयमा निर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ ।

 गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव र बैंकका मधेश प्रदेश प्रमुख शंकर ढकालले पुस्तकालय भवन उद्घाटन गरे ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानका सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण गरिरहेको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully