काठमाडौँ — बजाजले ‘बजाज माइलेज च्याम्पियन’ आयोजना गर्ने भएको छ । कम्पनीले प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न पुस ५ मा माइलेज च्याम्पियन आयोजना गर्न लागेको हो ।
धनगढीको चटकपुर चोकअन्तर्गत ट्रक व्यवसाय भवनमा माइलेज च्याम्पियन आयोजना गरिने कम्पनीले जनाएको छ ।
प्रतियोगितामा जुनै मोटरसाइकल चालकले सहभागिता जनाउन सक्छन् । प्रतियोगितामा सहभागी चालकले तोकिएको इन्धन मात्रामा सबैभन्दा बढी दूरी तय गर्ने विजेता हुने कम्पनीले बताएको छ ।
