काठमाडौँ — कमलपोखरीस्थित इस्लिङ्टन कलेजले दीक्षान्त समारोह गरेको छ । हालै आयोजित समारोहमा कलेजबाट ८१४ जना विद्यार्थी दीक्षित भए ।
दीक्षान्त समारोहमा स्नातक तहबाट ७५० र स्नातकोत्तर तहबाट ६४ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । कलेजबाट व्यवस्थापन संकाय र सूचना प्रविधिका विद्यार्थी दीक्षित भएका हुन् ।
कलेजले उत्कृष्ट विद्यार्थीलाई ‘इनोभेटी नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति’ र ‘अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति’ समेत प्रदान गरेको छ ।
