उत्कृष्ट करदाताका रूपमा एनसेल सम्मानित

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Ncell honored as best taxpayer

काठमाडौँ — एनसेल उत्कृष्ट करदाताका रूपमा ललितपुर महानगरपालिकाबाट सम्मानित भएको छ । मंगलबार महानगरपालिकाले १०६ औं स्थापना दिवसको अवसरमा एनसेललाई सम्मान गरेको हो ।

गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर एनसेलले तिरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र महानगरका मेयर चिरीबाबु महर्जनले एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरे ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा तीन अर्ब रुपैयाँभन्दा बढी तिरिरहेको दाबी कम्पनीले गरेको छ । 

कान्तिपुर

Link copied successfully