भेस्पा र अप्रिलियाका स्कुटरमा ‘हट डिल्स’ योजना

पुस ३, २०८१

कान्तिपुर संवाददाता

'Hot Deals' scheme on Vespa and Aprilia scooters

काठमाडौँ — भेस्पा र अप्रिलिया स्कुटरका लागि नेफालको आधिकारिक बित्रेता डेल्टा अटो कर्पले ‘हट डिल्स’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले भेस्पा र अप्रिलियाका स्कुटर खरिदमा सात हजार पाँच सय रुपैयाँ नगद छुट पाउनेछन् ।

साथै ग्राहकले नयाँ स्कुटर खरिदमा हुडी, स्कुटर कभर, हेल्मेट र कि रिङ उपहारस्वरूप पाउने कम्पनीले जानकारी दिएको छ ।

यसका अतिरिक्त कम्पनीले स्कुटर खरिद गर्न फाइनान्स सुविधासमेत उपलब्ध गराउने जनाएको छ । यसैगरी पुरानो स्कुटरसँग नयाँ स्कुटर एक्सचेन्ज गर्न सकिनेसमेत उल्लेख गरेको छ ।

कान्तिपुर

Link copied successfully