काठमाडौँ — क्लाउडमा आधारित नेपालको अकाउन्टिङ सफ्टवेयर 'टिग' ले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई थप छिटो र सजिलो बनाउन टिगमा एआई फिचर समावेश गरिएको कम्पनीले जनाएको छ ।
टिगमा अपलोड गरिएका बिलहरू अब एआईले नै स्वतः सिस्टममा राखिदिनेछ । प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो सुविधा प्रदान गर्ने उद्देश्यसहित टिग एआई फिचर ल्याएको टिगका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले बताए । ‘एआई फिचरले समयको मात्रै बचत गर्दैन्, यसले समग्र प्रक्रियालाई नै सहज बनाउनेछ,’ उनले भने, ‘भविष्यको एकाउन्टिङ एआईसहितको हुनेछ । हामी सोही बाटो अघि बढका हौं ।'
प्रयोगकर्ताहरूले टिगमा बिलहरूको फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विद एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल रिड गर्नेछ र त्यसबारे स्वत: सिस्टममा लेखिदिने छ । एआईले राखेको विवरण सही भए वा नभएको जाँच गर्न सकिन्छ । एआई फिचरले हिसाब गरेको बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीको दाबी छ ।
टिग एआईले नेपाली भाषा सपोर्ट गर्छ । कम्पनीका सह-संस्थापक प्रार्थना साख: का अनुसार टिगको एआई सुविधाले म्यानुअल रूपमा डेटा इन्ट्री गरिरहनुपर्ने समस्या अन्त्य गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो व्यवसायमा थप समय दिन मद्दत गर्नेछ । टिग हो । देशभर ५ हजार बढी साना तथा मझौला व्यवसायले प्रयोग गरिरहेको टिग आईएसओ २७००००१ प्रमाणित कम्पनी भएको विज्ञप्तीमा उल्लेख छ ।
