काठमाडौँमा देखिए एलियनको भेषमा मिस्टर र मिसेज हुलहुल

पुस २, २०८१

कान्तिपुर संवाददाता

Mr. and Mrs. Hulhul were seen in Kathmandu disguised as aliens

काठमाडौँ — काठमाडौँका मुख्य ठाउँहरूमा मिस्टर हुलहुल र मिसेज हुलहुल नाम ट्याग लगाएका 'एलियन'हरू देखिएका छन् । ललितपुरको लबिम मल, पाटन दरबार स्क्वायर र ठमेल जस्ता अत्यधिक भिडभाड हुने ठाउँमा उनीहरूले आफ्नो उपस्थिति बाक्लो बनाएका छन् । 

उनीहरूले हातमा  'पठाओ सुपरफेस्ट' लेखिएको ब्याग बोकेका छन् । कतिपय ठाउँमा उनीहरूको अचम्मको हाउभाउले सर्वसाधारणको ध्यान तानेको छ । स्थानीयले उनीहरूलाई तस्बिर र भिडियोमा कैद गर्दै सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि यसबारे चर्चा झन् बढ्दै गएको छ।

गत वर्ष पनि यस्तै रहस्यमय गतिविधिहरू देखिएपछि 'पठाओ सुपरफेस्ट'ले ठूलो सफलता पाएको थियो। यस वर्ष भने अझ नयाँ र चकित पार्ने शैलीले मार्केटिङ गरिएको अनुमान गरिएको छ ।

पठाओका मार्केटिङ निर्देशक सुरक्षा हमालले पठाओ सुपरफेस्ट २०२४ को यस पटकको रहस्य चाँडै खोल्ने भन्दै आम सर्वसाधारणका लागि केही विशेष योजना रहेको जानकारी दिइन् । एलियनहरूको चहलपहलले बजारमा रौनकता ल्याएसँगै पठाओको आगामी घोषणाबारे पनि चासो बढ्दै गएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully