ई–सेवा महाउत्सव बम्पर उपहार विजेता बने बम्जन

पुस २, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवाले चाडपर्वका अवसरमा सञ्चालन गरेको ‘ई–सेवा महाउत्सवको बम्पर उपहार’ योजनाका विजेता घोषणा गरेको छ । योजनाको विजेता ई–सेवा सोमबार एक समारोह आयोजना गरी लक्की ड्रमार्फत घोषणा गरेको जनाएको छ ।

विजेता रवि बम्जनले नामीको कार हात पारे । उक्त योजना गत असोजदेखि कात्तिक ३० सम्म सञ्चालनमा थियो । यसका लागि ग्राहकले ई–सेवामार्फत कारोबार गर्नुपर्ने थियो, जसअन्तर्गत योजनाका अन्य विजेता अनिल चालिसे, दीपक महतो र अनिल सिंहले क्रमशः ५० हजार, २५ हजार १५ हजार रुपैयाँ प्राप्त गरे । उक्त अवसरमा कम्पनीका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले ई–सेवाका प्रयोगकर्तालाई सो योजना सफल बनाउन गरेको सहयोगमा कृतज्ञता व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully