एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

पुस १, २०८१

कान्तिपुर संवाददाता

Collaboration between Ncell Foundation and ICT Awards 2024

काठमाडौँ — एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको अवार्ड कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरूको सम्मान गर्ने यो एक वार्षिक कार्यक्रम हो ।

यो सहकार्यसँगै आईसीटी अवार्ड २०२४ मा एनसेल फाउन्डेसन ‘सपोर्टेड बाई पार्टनर’ को रूपमा आबद्ध भएको जनाइएको छ ।

यो सहकार्यको उद्देश्य आईसीटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्द्धन, सूचना प्रविधि क्षेत्रमा महिलालाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको एनसेलको भनाइ छ ।

नवौं संस्करणको उक्त आईसीटी अवार्डको ग्रान्ड फिनाले आगामी पुस ५ मा काठमाडौंमा हुँदै छ । कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आईसीटी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully