काठमाडौँ — बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एम६ को बुकिङ खुला गरेको छ ।
प्रिमियम ७ सिट क्षमता रहेको विद्युतीय गाडी एमपीभी एम६ पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । साथै यो सहज, उत्कृष्ट प्रस्तुति र दिगो हुने गरी डिजाइन गरिएको कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ ।
एम६ मा प्यानोरामिक ग्लास रुफ, ५८० लिटर सम्मको लचिलो लगेज क्षमता, सय किलोवाटको इलेक्ट्रिक मोटर, ४४० किलोमिटरसम्मको रेन्जलगायत विशेषता छन् । यसमा ६ एयर ब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर यसको सुरक्षाका विशेषताहरू भएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले एक लाख ५० हजार रुपैयाँ छुट पाउनेछन् । पुस ९ सम्म उक्त गाडी बुकिङ गर्ने ग्राहकले मात्र नगद छुट पाउने कम्पनीले जनाएको छ ।
