मुस्ताङमा भीजी मोटर्सको फास्ट चार्जिङ स्टेसन

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

VG Motors Fast Charging Station on Mustang

काठमाडौँ — भीजी मोटर्सले ८ हजार ९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारी साधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ ।

भीजी मोटर्स नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । कम्पनीले उक्त स्टेसन मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको रहेको जानकारी दिएको छ । स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरे ।

स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेटमै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छ । विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई यसबाट सुविधा हुने अपेक्षा कम्पनीले लिएको छ ।

कान्तिपुर

Link copied successfully