सिरहाको गोलबजारमा नेपाल बैंकको भवन

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Nepal Bank building in Golbazar, Siraha

काठमाडौँ — नेपाल बैंकले सिरहाको गोलबजार–४ मा आफ्नै नवनिर्मित भवन उद्घाटन गरेको छ । गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि आफ्नै स्वामित्वको भवन बनाएको हो ।

 उक्त भवनको उद्घाटन गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्त रूपमा गरे ।

बैंकले हाल २२९ शाखा, ५९ एक्सटेन्सन काउन्टर र २०४ एटीएम काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 

कान्तिपुर

Link copied successfully