काठमाडौँ — लिट्मस इन्डस्ट्रिजले मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु गरेको छ । लिट्मस एक केबल, तार र कन्डक्टर उत्पादन गर्ने उद्योग हो ।
उद्योगका अनुसार २० हजार किलोमिटर वार्षिक उत्पादन भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्ने, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र भरपर्दो पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य छ ।
११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको उद्योगको दाबी छ । यी कन्डक्टरले घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा उद्योगको रहेको विज्ञप्तिमा उल्लेख छ ।
