काठमाडौँ — शौर्य अटोमोबाइल्सले जेएईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडद्वारा निर्मित गाडी अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन रहेको शौर्य अटोमोबाइल्सले जनाएको छ ।
४९ किलोवाट क्षमताको यो गाडी ग्राउन्ड क्लियरन्स १७० मिमी रहेकाले नेपालको विविध भू-भागका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
प्यानोरामिक मूनरुफ रहेको यो गाडीको रेञ्ज ४२० किमी रहेको कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ, यो सेडान मात्र सवारी साधन होइन; यो नेपालको विद्युतीय सवारी साधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम-चेन्जर हो।
