एनसेलको साप्ताहिक फ्ल्यास सेल्समा ग्राहकलाई बोनस

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Customer bonus on Ncell's weekly flash sales

काठमाडौँ — एनसेलले साप्ताहिक फ्ल्यास सेल्स अफर सञ्चालनमा ल्याएको छ । अफरमा सहभागी हुने प्रत्येक ग्राहकले शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस पाउने जनाइएको छ ।

एनसेलका अनुसार शनिबारका दिन मात्र उपलब्ध हुने सो अफरले ग्राहकलाई कुनै अतिरिक्त शुल्क बिनासेवा प्रदान हुनेछ । मंसिर २२ देखि सुरु भएको यो अफर पुस १३ सम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यस अवधिभर ग्राहकले एनसेलको सधैं अनका निश्चित प्याक र अनलिमिटेड डेटा प्याकको खरिदमा बोनस डेटा र भ्वाइस टक टाइम पाउनेछन् ।

प्याकको आधारमा ग्राहकले एक जीबीदेखि १० जीबी डेटा वा १० देखि सय मिनेटसम्मको अननेट टक टाइम बोनसका रूपमा पाउने कम्पनीले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully