काठमाडौँ — व्यापारिक घराना ज्योति समूह पद्म ज्योति समूहमा रुपान्तरण गरिएको जनाइएको छ । पद्म ज्योति समूहमा रुपान्तरण गरी नयाँ यात्राको सुरुआत भएको घोषणा गर्न पाएको कम्पनीले खुसीसमेत व्यक्त गरेको छ । धेरै बाधा र चुनौतीका पार गर्दै कम्पनी निरन्तर अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
‘पद्म ज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीति पनि ल्याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँछ ।’
पद्म र सौरभ ज्योति, सिर्जना शाक्य, सुह्रिद र आरती ज्योतिको मार्गदर्शनमा नयाँ अध्याय सुरु गर्न पाएकोमा कम्पनीले खुसीसमेत व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
