काठमाडौँ — फरवार्ड माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको जनाएको छ ।
सुनसरीमा शुक्रबार सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
सभाले संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
सोही सभामार्फत बोनस सेयर र कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको संस्थाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बोनस सेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख रुपैयाँ हुने जनाइएको छ ।
