काठमाडौँ — एनसेल फाउन्डेसन र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामूलक कार्यक्रम आयोजना भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानका लागि एनसेल र जोन्टाले ‘बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू’ शीर्षकको ज्ञानवर्द्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरेको थियो ।
एनसेल, साथी र जोन्टा क्लब काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कुल’ कार्यक्रम पनि सञ्चालन गरेको थियो ।
यस संयुक्त पहलले सरकारी तथा निजी गरी १२ विद्यालयमा करिब १७ सय विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीजस्ता विषयमा जानकारी दिइएको थियो ।
