काठमाडौँ — वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छातासंगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघमा कैलास खड्काको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चुनिएको छ ।
महासंघको १९औं महाधिवेशनले सोमबार नयाँ कार्यसमिति चुनेको हो । यसैगरी वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लीलाम्बर झा र कोषाध्यक्षमा रामपुकार तिवारी रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेको जनाइएको छ । महाधिवेशनको बन्दसत्रमा पेस गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
