युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५ औं बैठकले बुधबार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतम चार वर्षका लागि कम्पनीको कार्यकारी प्रमुखमा रहनेछन् । तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव उनीसँग छ । साथै उनले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully