सिटिजन्स बैंक र भोकमन्त्रबीच छुट सम्झौता

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Citizens Bank and Bhokamantra

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र गोंगबुस्थित भोकमन्त्रबीच बुधबार बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको जनाएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले भोकमन्त्रमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ । डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस किसिमको योजना ल्याउने गरेको बैंकको भनाइ छ । 

कान्तिपुर

Link copied successfully